Saturday, July 23, 2011

पर्खिरहेछन् तिमीलाई अँध्यारा गोरेटाहरु (पत्र)

प्रिय साथी,
सम्झनाको असमेल लहरहरु ।

म व्यग्रताका साथ तिमीलाई यो पत्र लेख्न बसिरहेको छु । एउटा मातृभूमी छोडेर विदेशिएको किशोर आफ्नो जन्मभूमीको माटो छुन व्यग्र भएझैं छु, म यतिखेर तिम्रो मनको स्पर्श पाउन । मलाई यो पत्र लेखिरहेको समय निकै लामो लागिरहेको छ र मेरा औंलाहरु यति ढिलो चलेकामा आफैंलाई निर्मम सरापिरहेको छु । मलाई किन यसरी व्यग्रताको भूमरीमा आफलिदिएर तिमी मेरो समीपभन्दा टाढा गयौ - यो प्रश्न म तिम्रो अनुपस्थितिमा कसलाई सोधौं -साँच्चै, हामीबीच अझै पनि अपरिचितताको खाडलहरु बाँकी नै छन् । तर ति सबै खाडलहरु नाघेर आत्मियताको गहिरो तलाउमा डुबुल्की खेल्न थालेका छौं । सम्झ त तिमी र मबीच हुने कुराकानीको अंशहरु । हामी कति हृदयको गहिराइबाट एकअर्कालाई आत्मसात गरिरहेछौं ताकि हावाले खुश्बुलाई आफूमा समाहित गरेर बत्तिरहेछ ।

साँच्चै, यो फेसबूकको सञ्जालमा भेटिएका हामीलाई त्यसरी एक अर्कामा बाध्यो के ले - यो प्रश्नको उत्तरहरु जति नै दिएर पनि अनुत्तरित नै रहनेछन् । किनकि मनको अपरिमित सीमालाई नाघेर बत्तिने भावनाको भेलको भाका बुझेपनि त्यसको वेगको आकलन गर्नु असम्भव प्रायः छ जसरी सुनामीको वेगको अनुमान । तिमीले कसरी मलाई फुरुक्क पारिदिन्छ्यौ है राम्रो साहित्यकार भनेर । अनि एउटा अन्जान बालकले झैं सौध्छ्यौ, त्यो तरिका मलाई पनि सिकाई दिनु न भनेर  । तर च्याटमा मैले त्यसको कहिले पनि चिन्तनशील भएर उत्तर दिईन । तिमी कहिले त यसको बारेमा एकान्तमा घोत्लिएर सोच्दी हौ । तर तिमीले के सोच्यौ, मैले कहिल्यै सोधिन न त तिमी नै भन्यौ । त्यसको जरो समातेर मैले अनेकन उडन्ते कुराहरु गरिहदा पनि तिमीले त्यसलाई यसरी सहर्षस्वीकार्‍छ्यौ कि म त्यसबारेमा सोच्न पनि पाउदिन । शायद तिमी मलाई यति सुन्दर भ्रम दिन्छ्यौ कि त्यो मलाई यथार्थभन्दा पनि यथार्थ लाग्छ । तिमीभित्रको भावनाका असमेल सागरहरुले मलाई यसरी छपक्क छोप्न तिमी तयार हुन्छ्यौ कि म कुनै फिल्मी दृश्य सम्झन्छु-कुनै प्रेमी प्रेमिकाको काखमा सुस्ताएर उस“ग सिमलको भुवाजस्तै उडन्ते तर कोमल कुरा गरिरहेको छ ।
हुन त त्रि्रो र मेरो च्याटमा त्यस्तो विधि कुरा त भएको जस्तो मलाई लाग्दैन । कहिले तिमी हुदिनौ त कहिले म । तर जति भेट हुन्छ, ती भेटहरुमा म भावनाले न्रि्रुक्क भिजेको हुन्छु र भावनाको साउने झरीले न्रि्रुक्क भिजेको त्रि्रो तस्वीरको परिकल्पना गरिरहेको हुन्छु । जब हामी छुट्टन्िन्छौं, म एउटा अर्को अनिश्चित भेटको बोझले थिचिएको हुन्छु । के तिमी पनि त्यस्तै हुन्छ्यौ -
हामीले औपचारिकताका सिमाहरु मेटाएका छौं, सम्बोधनको तगाराहरु भत्काएका छौं एउटा भेलले खोलाको पुरानो बाटो भत्काएजस्तै । आत्मियताको एउटा उत्कर्षतरको हाम्रो यात्रामा ति औपचारिकताले कुनै अर्थ राख्लान् जस्तो पनि मलाई लाग्दैन । तर पनि मलाई थाहा छ, कुनै पनि कुराको सीमा हुन्छ । हामीले जहिले पनि भावनाको भेलमा मात्रै बग्ने हो भने, त्यसको गन्तव्य भेटिने छैन । उल्टो त्यसको बाटो मेटिनेछ । भन त भेलको चुरीफुरी कति नै लामो टिक्छ र - भावना पनि त एउटा भेल नै त हो नि । हैन र - त्यसैले म यो पत्र तिमीलाई लेखिरहेको छु ।
हुन त तिमीले बिषयलाई कसरी उठान गरेकी हौ, म किटेर भन्न सक्दिन । तर तिमीले धेरै गम्भीर बिषयको बारेमा छलफल गर्न चाहेकी छौ । तर मैले त्यसलाई अन्यत्र नै मोडिदिने गरेको छु, च्याटमा सबै कुरा छलफल सम्भव नहुनु पनि त्यसको अर्को कारण हो । किनकि त्यसका आफ्नै सिमितताहरु छन् । तर मलाई भित्री हृदयमा लागेको छ कि मैले त्रि्रा प्रश्नहरुको जवाफ दिनर्ैपर्छ ।
तिमीले सोधेकी थियौ, राम्रो साहित्य लेख्ने तरिका । त्यसै क्रममा मेरो प्रसंगलाई जोडेर तिमीले मलाई निकै फुर्क्याएकी पनि थियौ मलाई । तर म न कुनै सिद्धहस्त लेखक हु“ न त साहित्यको ज्ञाता । तरपनि साहित्यको बाटोमा हिंड्दै गरेको एउटा यात्री भएका नाताले र मेरा रचनाहरु तिमीले मन पराएका नाताले  म मेरा आफ्नै रचनाहरुको गर्भलाई लिएर तिमीसग धारणा आदानप्रदान गर्न सक्छु ।
मलाई लाग्छ, यथार्थलाई पक्रदै सुन्दर भविष्यको खोजी गर्नु या त्यसमा उत्प्रेरित गर्नु नै साहित्यको उद्देश्य हो र हुनुपर्छ । त्यसैले म साहित्यलाई त्यही दृष्टिकोणले रचना गर्नु आवश्यक छ भन्ने ठान्छु । त्यसैले म जून, फूल, हिउ“ र प्रेमको सुन्दरताको  वर्णनलाई मात्र साहित्य मान्दिन । म त्यो विषयलाई सापेक्षमा हेर्नुपर्छ भन्ने ठान्छु । जूनको शीतको तप्केनीमा टाउको लुकाउन छानो नभएर पीडाको सागरमा एउटा मजदुर डुब्दै गर्दा हामी जूनको टलकले छरेको सुनौलो उज्यालोबाट रोमाञ्चित भएर कविता लेख्न सक्दिनौं । हामी फूल फुलाउने मालीको हात पटपटी फुटेर रगतका धारा बगिरहेको बेला बगैंचामा फूल्दै गरेको फूलको सुन्दरतालाई हेरेर गीत लेख्न सक्दनौं । हिउले हातगोडा खाएर एउटा भरिया छट्पर्टाईरहेको बेला के हामी हिउ“को सुन्दरतामा पुलकित भएर हाइकू लेख्न सक्छौं - अझ अहिले सबैभन्दा बढी लेखिने बिषय प्रेमको त के कुरा गर्नु र - हामीले निर्मम भएर भन्नै पर्छ कि अझै पनि हाम्रो समाज पितृसत्तात्मक संस्कार र मानसिकताबाट ग्रसित छ । यो समाज एउटा युवतीलाई पाकेको स्याउजस्तै कतापट्टबिाट टोकौं भनेर भोको आ“खाले पछ्याईरहन्छ । अनि पुतली र फूलको उदाहरण दिंदै रस चुस्ने लोभमा ज्रि्रो फट्कारिरन्छ । त्यस्तो परिवेशमा तिमीले कति र कहिलेसम्म प्रेमको वास्तविक अनुभूति गर्न पाउछ्यौ र - प्रेमलाई यौनको पर्याय बनाएर माझीले माछालाई झैं जाल थापेर बस्ने समाजमा प्रेमको कुरा गरेर त्यो कत्ति नै र्सार्थक हुन्छ र - त्यसैले यस्तो बेला गरिने प्रेमिला आग्रहहरुको के नै अर्थ हुन्छ र - या यस्तो बेला गाइएको बेदनाको र विछोडको गीत बधशालामा बाधिएको जनावरको रोदनभन्दा कति प्रभावकारी हुनसक्छ र - अहिले समतामूलक समाज र आपसी समभावको साथ प्रेम गर्न सकिने समाज निर्माण हाम्रो साहित्यको बिषय बन्नु आवश्यक छ । अनि दुःखको पहाडले किचिएर प्रेमको अनुभूति गर्ने बैंश कहिल्यै भोग्न नपाएकाहरु वेदना हाम्रो प्रेमगीत बन्नुपर्छ भन्ने म ठान्छु । हामीले जुन बिम्बहरुलाई साहित्यमा छान्छौं तिनको सुन्दरको छायामा आहतपूर्ण जीवन बाच्न विवशहरु छन् र संसारमा ति धेरै छन् । तर ति रहरले या कर्मको लेखाको कारणले त्यस्ता भएका त होइनन् । त्यसको पछाडि कारण छ । त्यो काराण खोजेर त्यसबाट मुक्त हुने सपना देखाउनु लेखनको कर्तव्य ठान्छु म ।
 अनि हामीले कल्पनाको संसारमा डुब्ने कुरालाई कति सुन्दर बनाएर कुरा गरेका थियौं है π हो, साहित्यमा पनि कल्पना र भावनाको उत्तिकै आवश्यकता छ तर त्यो हवाई कल्पना हुनुहुन्न । त्यो यथार्थउन्मुख हुन आवश्यक छ । त्यसले नै साहित्यलाई जीवन्त बनाउ“छ र त्यसमा नै लेखकको कला र क्षमताको पहिचान हुन्छ ।
अर्को कुरा मलाई तिमीसग एउटा ठूलो गुनासो छ ।  तिमी आफूले लेखेको कुरालाई कहिल्यै राम्रो भन्न सक्दिनौ । हो, आफ्नो लेखनबाट सन्तुष्ट हुन सकिदैन र हुनु पनि हुन्न । तर आफूले राम्रो लेख्नै सकिन्न भन्ने हीनता कहिल्यै पाल्नुहुन्न । लेखकले त समाजको सबैभन्दा अगाडि रहेर संर्घष गर्नु पर्छ । त्यसैले लेखनसग गर्व र उत्तरदायित्वबोध हुनर्ुपर्छ । उसले आफ्नो लेखनको र्सार्थकता प्रमाणित गर्नुपर्छ ।
म त त्रि्रा रचनाहरु पढेर तिम्रो तस्वीर कल्पन्छु । त्रि्रा सुन्दर औंलाहरु बीचमा नाचिरहेका कलमले स्वप्निल भविष्यको खुर्पे जुन बोकेर हिडिरहेछ । तिमी पूणिर्माको बाटोमा लम्किरहेेको जूनजस्तै बढ्दै, उज्यालिदै छ्यौ । के तिमी त्यति कोमल आफ्नै आभालाई नराम्रोको आरोप लगाएर अपराध गर्न मञ्जुर छ्यौ - त्यसैले त्रि्रा कलमहरुले जीवनलाई उदात्त बनाउ“दै जीवन संर्घषमा निडरताका साथ उभिने जीवनहरु तयार गर्न आफ्नो उर्जाको प्रयोग गर्ने कुरामा म विश्वस्त छु । मलाई थाहा छ साथी, तिमी छाया“मा परेका कायाहरुको गीत गाउन सक्नेछौ । तिमी आवाजविहीनहरुको आवाज बन्ने यात्रामा अगाडि-अगाडि हिड्नेछ्यौ । जीवनविहीनहरुको जीवन गीत गाउनेछ्यौ ।
सा“च्चै साथी, आऊ हामीलाई पर्खिरहेका हजारौं अध्यारा गोरेटाहरु छन् हाम्रा अगाडि । जसमा हामीले पहिलो झुल्को दियालो सल्काउनु छ । हातमा हात राखेर हामी अघि बढौं । त्यसमा नै हाम्रो यो भावनात्मक निकटताको सुन्दरतम् इतिहास लेखिनेछ ।
अन्तमा म त्रि्रा मनमा उर्लेका भावनाहरुको अनुवाद हेर्न चाहन्छु, जहा म मेरा भावनाका प्रश्नहरुको मीठो जवाफ अनुभूत गर्नेछु । त्रि्रो हृदयको अनुवाद मलाई कहिले पढाउछ्यौ - म पर्खिरहेछु । उफ् ! यो समय कति ढिलो बितिरहेछ..............
भन त, मलाई कति पर्खाउछ्यौ ?

उही तिम्रो साथी
Sabiz World